लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भीर घाइते

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

लण्डनकाे उत्तरी क्षेत्रमा दुई वटा रेल शनिबार एक आपसमा ठोक्किँर दुर्घटना हुँदा चालकको मृत्यु भएको उल्लेख गर्दै दुर्घटनामा ११ जना गम्भीर घाइते भएको बेलायतको प्रहरीले जनाएको छ । इस्ट मिडल्याण्डस् रेलवे (इएमआर)का अनुसार बेलायतको राजधानीबाट ५६ किलो मिटर उत्तरमा रहेको सहर बेडफोर्ड नजिकै दुर्घटना भएको हो ।

चालकको घटना स्थलमै मृत्यु भएको जनाउँदै प्रहरीले विज्ञप्ति जारी गरेको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ३३ जनालाई अस्पताल लगिएको उल्लेख गर्दै ११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

रेलमा सवार यात्रुलाई उदृत गर्दै बिबिसीले रेल लण्डनको सेन्ट प्यानक्रास स्टेसनतर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेको हो । यस अघि सन् २०२३ सेप्टेम्बरमा, स्कटिस हाइल्याण्डस् को एभिमोर स्टेसनमा दुई वटा रेल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा धेरै मानिस घाइते भएको जनाइएको छ । एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *