आइतबारको बिदा यथावतः सरकार

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सरकारले आइतबारको सार्वजनिक बिदा हटाउने तयारी भइरहेको भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका दाबीहरू निराधार रहेको स्पष्ट पारेको छ।

हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा लागू रहेको सन्दर्भमा आइतबारको बिदा हटाउने विषयमा कुनै निर्णय नभएको सरकारको भनाइ छ। केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा यस’bout भ्रमपूर्ण सूचना फैलिएको भन्दै सरकारले त्यसको खण्डन गरेको हो।

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भन्ने दाबी पूर्ण रूपमा गलत भएको स्पष्ट पारिन् । उनका अनुसार यस विषयमा न कुनै निर्णय भएको छ, न त तत्काल कुनै प्रक्रिया अघि बढाइएको छ।

यसअघि गत चैत २२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार इन्धन आपूर्ति लगायतका समस्या व्यवस्थापन गर्ने उद्देश्यले हप्तामा दुई दिन बिदा र कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको थियो। सरकारले सार्वजनिक बिदासम्बन्धी कुनै परिवर्तन भए आधिकारिक रूपमा जानकारी गराइने स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *