जुम्लामा ‘एक बालबालिका एक बिरुवा अभियान’

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

विश्व वातावरण दिवसको अवसरमा जुम्लामा एक बालबालिका, एक विरुवा अभियान सञ्चालन भएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) को सहजीकरणमा जुम्लामा सो अभियान सञ्चालन भएको हो ।

हरेक वर्ष जुन –५ तारिखमा मनाइने विश्व वातावरण दिवसको अवसरमा वल्ड भिजन ईन्टरनेश्नलले आर्थिक सहयोग गरेका जिल्लामा एक बालबालिका, एक विरुवा अभियान सुरु गरिएको छ। वल्र्ड भिजनमा दर्तामा भएका एक हजार ९ सय ३० बालबालिका छन् ।

प्रत्येक बालबालिकाका घरमा एउटा विरुवा रोपण हुने किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक शिवचन्द्र कार्कीले बताए  । उनका अनुसार, तिला गाउँपालिकामा रहेका ६ वटा विद्यालय र वडा नम्बर ६ को रिपिबस्तिमा गरी जम्मा पाँचसय विरुवा रोपण गरिने भएको छ । किमु, धुपि र स्थानीय स्तरमा पाइने विरुवा रोपण गरिने उहाँको भनाइ छ। एक हप्ताभित्र यो अभियान सकाउने लक्ष्य राखिएको छ।

अभियानको पहिलो जेठ २२ गतेका दिनमा दुईवटा विद्यालय र दर्ता गरिएका बालबालिकाको घरमा साढे चारसय विरुवा रोपिएको छ। अभियान अन्तर्गत जुम्लामा करिब ८० हजार बालबालिका परिचालन हुने छन् भने, उक्त अभियान अन्तर्गत जुम्ला जिल्लाका पातारासी, गुठीचौर, तिला र तातोपानी गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका २३ सय बालबालिका सहभागी हुने किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक शिवचन्द्र कार्कीले बताउ छन्  ।

उनका अनुसार अभियानमार्फत बालबालिकाले जलवायु परिवर्तन तथा बढ्दो विश्वव्यापी तापक्रमको चुनौतीविरुद्ध आफ्नो भविष्य सुरक्षित बनाउन व्यक्तिगत, विद्यालय र समुदायमा वृक्षारोपण गर्नेछन् । अभियान अन्तर्गत २ हजार ३ सय धुपि र किमुका बिरुवा र पाँचसय जति स्थानीय जातका अन्य बिरुवा रोपिने छन् ।

वल्र्ड भिजनले बालबालिकालाई जलवायु परिवर्तनको असर र त्यसबाट उत्पन्न समस्याको समाधानमा सक्रिय सहभागी गराउने उद्देश्यले यो अभियान सुरु गरेको जनाएको छ। अभियानका क्रममा बालबालिकाले आफ्ना परिवार, शिक्षक, स्थानीय तह तथा सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी हिमाल, पहाड र तराईका विभिन्न जिल्लामा वृक्षारोपण गर्नेछ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालका प्राविधिक कार्यक्रम, उत्थानशीलता तथा जीविकोपार्जन सह–निर्देशक प्रकाश तिवारीले बालबालिकामा सानै उमेरदेखि प्रकृतिप्रतिको माया, जिम्मेवारी र संरक्षणको भावना विकास गराउने लक्ष्यसहित अभियान सञ्चालन गरिएको बताए ।

बालबालिकालाई वातावरणीय संरक्षणका अभियन्ताका रूपमा विकास गर्दै दिगो भविष्य निर्माणमा योगदान गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको उनको भनाइ छ । स्थानीय पारिस्थितिकीय प्रणालीअनुसार उपयुक्त बिरुवाको छनोटका लागि स्थानीय सरकार तथा जिल्ला वन कार्यालयसँग आवश्यक समन्वय गरिएको संस्थाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *