राप्रपा परित्याग गर्नेहरूको संख्या १९३ पुग्यो

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार

डा. धवलशमशेर राणाको नेतृत्वमा राप्रपा परित्याग गर्नेहरूको संख्या १९३ पुगेको छ ।सुरुमा सार्वजनिक भएको १८३ जनाभन्दा राजीनामा गर्नेहरूको सूची थपिएपछि कुल संख्या वृद्धि भएको हो । जसमा केन्द्रीय सल्लाहकार समिति सदस्य राजकुमार जोशी, पूर्व केन्द्रीय सदस्य मदन पोखरेल, अछाम जिल्ला उपाध्यक्ष तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सदस्य राधा शाह शाही र कास्की नगर समिति सदस्य मनिष शर्माले राप्रपाबाट राजीनामा दिएका छन् ।

त्यसैगरी हिजै  राप्रपाबाट राजीनामा गर्नेमा धादिङ, धुनीवेशी नगर अध्यक्ष विना अधिकारी (रिमाल), बागमती प्रदेशका पूर्वकोषाध्यक्ष पशुपति खडायत, काठमाडौंका स्थानीय नेता विमल अधिकारी, सहायक महामन्त्री प्रवीण कुमार शेरचन र पाँचथर तुम्बेवा गाउँ कार्य समितिका अध्यक्ष देवीधर्म खड्का छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *