नेपालमा सेवा दिन खोज्दै एलन मस्कको कम्पनी, सञ्चारमन्त्रीसँग निर्देशकको भेट

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

स्याटेलाईट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तर्रास्ट्रिय  कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग मन्त्रालयमा भेटवार्ता गरेकी छन् ।

भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमती पाउन नसकेको बताएकाे मन्त्रालयको सचिवालयले जनाएको छ ।

लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व भए मात्र अनुमति लिन सकिने धारणा उनले राखेकी थिइन् । व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग छलफल भइरहेको उनले जानकारी गराइन् ।

उक्त भेटमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति तथा कानुनी व्यवस्थाअनुसार वैधानिक प्रक्रिया अनुरुप सेवा सञ्चालन गर्न कुनै अवरोध नहुने बताएका थिए । स्मरण रहोस्; स्टारलिंक विश्वप्रख्यात अमेरिकी धनाढ्य एलन मस्कको हो । मस्क यस कम्पनीका संस्थापक तथा कार्यकारी अधिकृत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *