मुक्तिनाथमा दर्शनार्थीकाे घइचाेः चार दिनमा पचासहजार बढीले गरे दर्शन

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५० हजारले दर्शन गरेका छन् । विगतमा औसत दैनिक तीनदेखि चार हजार भक्तजन उपस्थिति हुने मन्दिरमा बिहीबारदेखि हिजाे आइतबारसम्म करिब ५० हजारले दर्शन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए  ।

बिहीबारदेखि हिजाेसम्म सार्वजनिक बिदा परेको तथा भारतमा अत्यधिक गर्मी हुँदा भारतीय पर्यटकको मुस्ताङ आएको उनको भनाइ छ ।

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ दर्शन गर्न आएका दर्शनार्थी पर्यटकमध्ये ७० प्रतिशत भारतीय रहेको जानकारी दिदै  पर्यटकको सङ्ख्या बढेसँगै म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म होटल भरिभराउ भएकाे बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *