प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टीबाट अलग भएका छन् । उनले नयाँ अभियान सुरु गर्ने घोषणा गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन । उनले आज एक विज्ञप्तिमार्फत राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गरिएको बताएका छन् ।
उनले उक्त अभियानमा नयाँ पुस्तालाई सहभागी हुन समेत आग्रह गरेका छन् ।
‘राप्रपामा आबद्ध साथीलाई यही बाटो सही लाग्छ, त्यतै रहन शुभकामना छ, कुनै वैरभाव छैन । होइन, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर हाम्रा मान्यताहरुलाई सही लक्ष्य दिने चाहना हो भने एकजुट भएर अघि बढन सबै राष्ट्रवादी मित्रहरुलाई हार्दिक आह्वान गर्दछु’, जारी विज्ञप्तिमा भनिएको छ ।
