अत्यधिक गर्मीका कारण विद्युत लोड बढ्न थालेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा जडान गरिएका सडक बत्ती राति १० बजेसम्म मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ ।
लोड अत्यधिक हुँदा ट्रान्सफर्मर जल्ने, फ्युज जाने तथा लाइन ट्रिप हुने समस्या बढ्दै गएको भन्दै उपमहानगरपालिकाले शनिवारदेखि सडक बत्तीको समय सीमित गरिएको जनाएको हो ।
नगर प्रमुख गोपाल हमाल ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विद्युत आपूर्तिको अवस्था सुधार भएपछि सडक बत्तीहरू पुनः नियमित रूपमा सञ्चालन गरिने बताएका छन् ।
