मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

मनकामना सडक खण्डमा आइतबार साँझ भएको सवारी दुर्घटना भएको छ । बोलेरो जिप सडकबाट खसेर दरौँदी र मर्स्याङ्दी नदीको दोभानमा पुगेको हो। आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ५५६७ नम्बरको जिप अचानक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटना आज बेलुका करिब ६:४५ बजेको हो । दुर्घटना लगत्तै स्थानीयवासी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थल पुगेका थिए । नदी किनारको अप्ठ्यारो खोचमा खसेको गाडीबाट दुई जनालाई गम्भीर अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । घाइते दुवै जनालाई तत्काल उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको छ र उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

साँघुरो सडक र तीव्र गतीका कारण गाडी अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि वास्तविक कारण खुल्न बाँकी छ । नदी किनारमा गाडी खसेकाले उद्धार कार्यमा समेत निकै कठिनाइ भएको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त गाडीमा कति जना सवार थिए भन्ने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *