ह्वाइट हाउसनजिकै गोली चल्यो, दुईजना घाइते

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउसनजिकै गोली चलेको छ । घटनापछि ह्वाइट हाउसमा उपस्थित पत्रकारहरूलाई सुरक्षित स्थानमा सारिएको छ । अमेरिका संघीय जाँच ब्यूरो (एफबीआई) का निर्देशक काश पटेलले घटनाको पुष्टि गरे । घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस परिसरभित्रै थिए । हालसम्म दुईजना घाइते भएको बीबीसीले जनाएको छ ।

स्रोतहरूका अनुसार, एक व्यक्तिले सिक्रेट सर्भिसका एजेन्टहरूमाथि गोली प्रहार गरेको र जवाफमा एजेन्टहरूले पनि प्रहार गरेको देखिएको छ । घटनाका क्रममा १५ देखि ३० राउन्ड गोली चलेको स्रोतहरूले बताएका छन् । गोली चलेपछि अमेरिकी सुरक्षा एजेन्सीहरूले उच्च सतर्कता अपनाएका छन् । घटनालगत्तै सिक्रेट सर्भिसले तुरुन्तै ह्वाइट हाउस कम्प्लेक्सको ‘नर्थ लन’ खाली गराएको थियो ।

ह्वाइट हाउसमा उपस्थित पत्रकारहरूलाई तुरुन्तै प्रेस ब्रिफिङ रुमभित्र सुरक्षित रहन निर्देशन दिइएको थियो । अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै कसैलाई पनि बाहिर जान अनुमति दिएका थिएनन् । घटनाको समयमा ह्वाइट हाउसभित्रै रहेका ट्रम्प सुरक्षित रहेको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी सिक्रेट सर्भिसले सामाजिक सञ्जालमार्फत १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यूनजिक गोली चलेको सूचना प्राप्त भएको जनाएको छ । उक्त स्थान ह्वाइट हाउसबाट करिब एक ब्लक दूरीमा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *