सीमा बिबादलाई लिएर दुई जिल्लाका बासिन्दाबीच झडप, एक जना प्रहरीसहित पाँच जना घाइते

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बाजुराको हिमाली गाउँपालिका –३ लाम्पाटामा बाजुराबाट अस्थाई प्रहरी चौकी निर्माण गार्नका लागि हिजो मंगलबार छलफल भइरहेका बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँका स्थानीयले सहमति बेगर बनाएको भन्दै आक्रमण गर्दा बाजुराका १ प्रहरीसहित ५ जना घाइते भएका छन् । लाम्पाटा क्षेत्रमा पर्यटकीय सम्भावना र प्रचुर जडीबुटीको सम्भावना र सैपाल हिमालको पुर्बित्तर बेसक्याम्प रहेका रानिसैन क्षेत्र आएआर्जनको ठूलो सम्भावना भएका कारण भएका कारण दुबै जिल्लाका स्थानीयबीच हरेक बर्ष झडप हुँने गरेको छ ।

त्यसै कारण नेपाल सरकारले त्यहाँको सुरक्षा सम्बेदनशीलताका कारण अस्थाई प्रहरी चौकी निर्माण गर्न लागेको हो । प्रहरी चौकी बाजुराका स्थानीयको नाममा रहेको जग्गामा निर्माण हुन थालेको थियो । स्थानीयबीच निर्माण तथा सिमाना सम्बन्धी विवाद उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेश शाहीले जानकारी दिएका छन ।

थालीका दुई सय पचास बढी स्थानीयले बाजुरा बाट त्यहाँ गएका स्थानीयलाई आक्रमण गर्दा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, हिमाली गाउँपालिका ३ का वडा सदस्य ३४ बर्षिय पेमा गारा गुरुङ, ३३ बर्षिया लक्ष्मी गुरुङ, २४ बर्षिय मिनु कुवँर र प्रहरी चौकी बिच्छ्यामा कार्यरत महेश धामी घाईते भएका छन् ।

घटनामा हिमाली गाउँपालिका–३ लाम्पाटाका वडा सदस्य पेमा गारा गुरुङको ढाड र गर्धनमा चोट लागेको छ । उनकी श्रीमती लक्ष्मी गुरुङको गर्धनमा चोट लागेको प्रहरीले जनाएको छ । त्यस्तै स्थानीय मिनु कुँवरको छाती र ढाडमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । न् । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । स्थानीयले निर्माण सामग्री समेत फालेको भन्ने जानकारी हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल मार्फत प्रहरी चौकी बिच्छियामा पुगेपछि प्रहरी परिचालन गरिएको सुचना अधिकारी शाहीले बताए ।

जेठ ४ गते अस्थायी प्रहरी पोस्ट कुवाडीबाट प्रहरी सहायक निरीक्षक चित्रबहादुर मल्लको कमाण्डमा प्रहरी टोली घटना स्थलतर्फ खटिएको थियो । जेठ ५ गते बिहान १० बजे प्रहरी टोली लाम्पाटा पुगेर दुवै पक्षलाई राखी छलफल तथा सम्झाइ बुझाइ गरेपछि अवस्था सामान्य बनेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

हिमाली गाउँपालिका अध्यक्षसहित “हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं” अभियान अन्तर्गत भ्रमणमा रहेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालसहित करिब ४० जनाको टोली पनि घटनास्थल पुगेको थियो । रानीसैन विवादपछि सामाजिक सञ्जाल तात्यो, स्थानीयले उठाए सुरक्षा र तस्करी नियन्त्रणको प्रश्न उठेको छ ।

रानीसैन क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर उत्पन्न विवाद र झडपपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आउन थालेका छन्। स्थानीय तह, राजनीतिक नेतृत्व, अन्तर जिल्ला सीमा विवाद तथा जडीबुटी तस्करी नियन्त्रणको विषयलाई जोड्दै विभिन्न टिप्पणी सार्वजनिक भइरहेका छन्। यसैबीच स्थानीय जनेश भण्डारीले सामाजिक सञ्जालमार्फत भनेका छन रानीसैन क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न खोजिएको विषयलाई “पर्यटक, स्थानीय नागरिक र सरकारी अधिकारीमाथि गरिएको दादागिरीविरुद्धको कदम” भन्दै घटनाको आलोचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *