आज र भाेली तराईका केही स्थानमा हावाहुरीको सम्भावना

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज  र भाेलिसोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको बताएको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ र गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । आज कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ । भाेलि सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ ।

भोलि र पर्सी मधेश र कोशी प्रदेशको तराई भूभागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तापक्रम बढ्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *