२३ जना नागरिक अगुवाकाे विज्ञप्तीः बुढा नेताले नेतृत्व छाेडनु पर्छ

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नागरिक अगुवाले राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न आह्वान गरेका छन्।  सामूहिक हस्ताक्षरसहित नवयुवाको वर्तमान विद्रोहपछिको परिस्थितीमा कुनै पनि बहानामा नागरिक, राजनीतिक र सामाजिक अधिकार कुण्ठित गरिन नहुने तथा चुनौतीपूर्ण घडीमा नागरिक दायित्वबोध गरी तत्काल सरकार, जेन्जी र राजनीतिक दललाई गम्भीर चिन्ता र सरोकारसहित ध्यानाकर्षण गराइएको बताएका हुन्।

नागरिक अगुवाले नवयुवाको आन्दोलनका क्रममा घुसपैठले गर्दा हिंसात्मक प्रदर्शन बन्न पुगेको, प्रदर्शनमाथि गरिएको क्रुर सरकारी दमन र तत्पश्चात्का अराजकतापूर्ण घटनाको भत्सना गरेका छन्।

उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक प्रक्रिया यथाशक्य चाँडो सुसञ्चालन गर्नका लागि तोकिएको मिति २०८२ साल फागुन २१ गतेको निर्वाचनमा उत्साहपूर्वक मतदान हुनसक्ने वातावरण निर्माण गर्नका लागि शान्ति र अमन चयन कायम राख्न विशेष ध्यान पु¥याउँदै राजनीतिक दल, जेनजी प्रतिनिधि र सबै सरोकारवालासँग तत्काल संवाद थाल्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं।

राजनीतिक दलहरुलाई चुनावमा भाग लिन नदिने जस्ता अस्वभाविक र त्रासपूर्ण अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ।’उनीहरुले राजनीतिमा युवा पुस्ताको सङ्लग्नता बढाउँदै पार्टीलाई पुनर्जीवन दिन अत्यावश्यक रहेको औंल्याएका छन्।

उक्त विज्ञप्तिमा लोकराज बराल, गणेशमान गुरुङ, रत्नसंसार श्रेष्ठ, उपेन्द्र कोइराला, सुशील प्याकुरेल, चण्डेश्वर श्रेष्ठ, कनक दीक्षित, रेणु अधिकारी, शरद वन्त, महेश मास्के, परशुराम तामाङ, शंकर सुवेदी, झलक सुवेदी, कुन्दन अर्याल, टीमाराम भट्टराई, शोभाकर बुढाथोकी, उषा झा, गीता त्रिपाठी, राधिका खतिवडा, भागिराम चौधरी, राजेन्द्र महर्जन, चूर्णबहादुर चौधरी र बिन्दु शर्माको संयुक्त हस्ताक्षर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *