मतदाता नामावलीमा जुनसुकै ठाउँबाट नाम दर्ता गर्न सकिने

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयमा गइ मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने बताएको छ।

आयोगले एक विज्ञप्ति जारी गर्दै नाम दर्ता प्रयोजनका लागि सम्बन्धित वेबसाइटसहित जुनसुकै निर्वाचन कार्यालयमा गइ फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराएको हो।

आयोगले काठमाडौँ उपत्यकाभित्र मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँ, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय ललितपुर र सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा गइ फोटो खिचाउन तथा बायोमेट्रिक दिन सकिने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *