विपद् उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा, उपत्यकाभित्र निःशुल्क उद्धार हुने

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

देशभर लगातार भइरहेको भारी वर्षाका कारण उत्पन्न बाढी, पहिरो र अन्य विपद्को अवस्थालाई ध्यानमा राख्दै वायुसेवा सञ्चालक संघ, नेपालले उद्धारका लागि हेलिकप्टर कम्पनीहरू तयारी अवस्थामा रहेको जनाएको छ। संघका अध्यक्ष मनोज कार्कीले शनिबार जारी विज्ञप्तिमा संघमा आबद्ध सबै हेलिकप्टर कम्पनीहरूले विपद्को अवस्थामा उद्धार कार्यका लागि तयारी अवस्थामा रहेको जानकारी दिएका छन्।

काठमाडौं उपत्यकाभित्र हुने विपद्जन्य घटनामा सदस्य हेलिकप्टर कम्पनीहरूले निःशुल्क उद्धार सेवा प्रदान गर्नेछन्। उद्धार कार्य प्रभावकारी बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (गौचर, काठमाडौं) बाट समन्वय अधिकारी तोक्न आग्रह गरिएको छ।

संघका अनुसार समन्वय अधिकारीको निर्देशनअनुसार उद्धार कार्य सञ्चालन गरिनेछ र आवश्यक सहयोगका लागि सबै कम्पनीहरू सतर्क अवस्थामा रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *