टीकाको दिन सातै प्रदेशमा वर्षाको सम्भावना

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

यो वर्ष विजया दशमीको दिन भाेली बिहीबार देशैभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले निकालेको दशैं विशेष बुलेटिनमा आज बुधबार र भाेली टीकाको दिन  सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।

बुलेटिनमा आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ । यस्तै भाेली बिहीबार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

टीकाको भोलिपल्ट शुक्रबारदेखि भने देशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना देखिएको मौसमविद्हरुले बताएका छन् । जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेलले तीन वटा प्रणाली विकास भइरहेकोले पूर्वी नेपालमा मुसल्धारे वर्षाको सम्भावना रहेको र यसको असर तीन/चार दिनसम्म देखिने बताए ।

जलवायु विपद् विज्ञ डा.धर्मराज उप्रेतीले असोज १८ गतेदेखि पूर्वी नेपाल हुँदै वर्षाको अत्यधिक सम्भावना रहेको बताएका छन् । असोज १७ देखि १९ गतेसम्म भारतको सिक्किम, पश्चिम बङ्गाल, बिहारमा अत्यधिक वर्षा हुने र सोही प्रणाली पश्चिमतर्फ सर्दै गएपछि कोशी प्रदेश बाट नेपाल प्रवेश गरी असोज २० गतेसम्म लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको तल्लो भागसम्म पुग्ने उप्रेतीले सामाजिक सञ्जालमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *