अमेरिकाबाट निष्कासितमध्ये ३३ प्रतिशत आपराधिक गतिविधिमा संलग्न

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएयता सात महिना अवधिमा अमेरिकाबाट निष्कासित हुनेमध्ये ३३ प्रतिशत आपराधिक गतिविधिमा संलग्न रहेको दाबी गरिएको छ ।

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन विभाग युनाइटेड स्टेट्स इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईस)ले २०२५ जनवरी तेस्रोदेखि अगस्ट तेस्रोसम्म सात महिना अवधिमा अमेरिकाबाट निष्कासित गरिएका २ लाख ७९ हजार गैरकानुनी रुपमा आएका आप्रवासीमध्ये ३३ प्रतिशत आपराधिक गतिविधिमा संलग्न देखिएको दाबी गरेको हो ।

आइसको तथ्यांकअनुसार आपराधिक गतिविधिमा संलग्न पुष्टि भएकामध्ये ४७ हजार ८ सय ८५ अपराधी करार भइ सजाय पाएका, १६ हजार ५ सय ५२ यौन अपराधमा संलग्न, २ हजार ६ सय ९९ हत्यामा संलग्न र २ सय ३७ जना आतंकवादी क्रियाकलापमा संलग्न रहेकाहरू निष्कासित भएका हुन् । सात महिना अवधिमा आइसद्वारा पक्राउ परेका र अमेरिकाबाट निष्कासित भएका २ लाख ७९ हजार गैरकानुनी आप्रवासीमध्ये ३३ प्रतिशत आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको आइसको उच्च निकाय होमल्याण्ड सेक्रेटरीकी सचिव क्रिष्टी नोएमले अमेरिकी सञ्चारमाध्यमहरुसँग बताएकी छन् ।उनले भनिन्, ‘आपराधिक गतिविधिमा संलग्न देखिएकामध्ये केही गैरकानुनी आप्रवासीको आधारमा पक्राउपछि पुष्टि भएको र अधिकांश आपराधिक गतिविधिमा संलग्न भएको पुष्टिपछि पक्राउ परेका छन् ।’ नोएमले भनिन् । आइसले आफ्नो वेबसाइटमा ३४ जना जघन्य अपराधमा संलग्न फरार प्रतिवादीलाई मोस्ट वान्टेड सूचीम समेत राखेको छ । आपराधिक गतिविधिमा संलग्न भई फरार भएका ३४ जनालाई मोस्ट वान्टेडमा सूचीमा राखिएका मध्ये अधिकांश आप्रवासी भएको आइसको वेबसाइटमा उल्लेख गरिएको छ । मोस्ट वान्टेड सूचीमा रहेकाहरुबारे जानकारी दिनेलाई उचित पुरस्कार दिने व्यवस्थासमेत गरिएको आइसले जनाएको छ ।

पियु रिसर्च सेन्टरको तथ्यांकअनुसार अमेरिकामा २०२५ जुन महिनासम्म ५ करोड १९ लाख (५१.९ मिलियन) आप्रवासीहरु छन् । यो संख्या अमेरिकाको जनसंख्याको १५.४ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *