संभवत आज सुशीला प्रधानमन्त्री हुने

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

गएराती शीतल निवासमा भएको छलफलपश्चात रास्ट्रपति रामचन्द्र पौडेल पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निचोडमा पुगेकाे बताइन्छ ।

सँविधानको कुनै पनि धारामा नटेकी आवश्यकताको सिद्धान्तका  आधारमा यस्तो निर्णय हुन लागेको हो । जसअनुसार,बाहिरका  तमाम हल्लालाई खारेज गर्दै गणतन्त्रको प्रतिक शीतल निवासमा रास्ट्रपति आफ्नो कार्यकालभरी रहने छन् ।  सँसद विघटन हुने छैन र घाइते अवस्थामा सँविधान पनि यथावतै रहनेछ, आज   बिहान ९ बजेसम्ममा आवश्यकताको सिध्दान्त भन्दै सुशीला कार्कीको शपथ हुने  श्रोतले बताएकाे छ ।

शीतल निवासको अघिल्लो भाग आगलागीले क्षतिग्रस्त भए पनि पछिल्तिर बिद्या भण्डारीकै पालामा बनेको निवासमा रास्ट्रपति पौडेल रहँदै आएका छन् ।  त्यहीँ भएको  छलफलको परिणामस्वरुप दलहरुसमेतको सहमतिमा सुशीला कार्कीले खिलराज रेग्मीले जसरी नै सरकारको नेतृत्व गर्न लागेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *