सेनाले नियन्त्रणमा लियो संसद् भवन वरिपरिको सडक

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन परिसर नेपाली सेनाले नियन्त्रणमा लिएको छ। संसद् भवन परिसरको सम्पूर्ण सडक क्षेत्र आफ्नो नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ ।

आज दिउँसो जेन-जी प्रदर्शन भड्किएपछि संसद भवनसमेत प्रवेश गरेका थिए। तर अहिले अपराह्नमा सेनाले संसद भवन वरिपरिका सडकलाई सेनाले नियन्त्रणमा लिएको हो। अहिले प्रदर्शनकारी बानेश्वर र बिजुलीबजार बीचका क्षेत्रमा छन्।

प्रदर्शनकारी अझै तितरवितर नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *