सरकारी स्वामित्वकाे नेपाल टेलिकमले सामाजिक सञ्जाल फेसबुकमै सूचना प्रकाशित गर्दै दर्ता नगरेका सामाजिक सञ्जाल प्लेटफर्महरू नेपालमा धमाधम बन्द गर्न थालिएको जनाएको छ।
सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सञ्चार मन्त्रालयको निर्देशनअनुसार सूचीकरण नगरी सञ्चालन भइरहेका प्लेटफर्महरू चरणबद्ध रूपमा बन्द गरिएको टेलिकमले जनाएको छ।
उक्त प्लेटफर्महरू पुनः सञ्चालनसम्बन्धी जानकारी आगामी दिनमा निर्देशन प्राप्त भएलगत्तै सार्वजनिक गर्ने पनि टेलिकमले जनाएको छ ।

