प्रधानमन्त्री ओली र भारतका समकक्षी मोदीबिच भेटवार्ता

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

 भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले थियानचिनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।  प्रधानमन्त्री ओलीसँगको भेट लगत्तै भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका थिए । तस्बिरमा मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘थियानचिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो। नेपालसँग भारतको सम्बन्ध गहिरो र विशिष्ट छ।’

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी प्रधानमन्त्री ओलीले सोही अवसरमा भेटवार्ता गरेका हुन । उक्त अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्य सहभागी  थिइन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *