विद्या भण्डारीको राजनीतिक सक्रियता रोकिँदैन : कर्ण थापा

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने बताएका छन्।शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले विद्या भण्डारी सक्रिय हुनुपर्ने कुरामा कसैको अनुमति लिनुपर्ने कुरा नभएको बताएका हुन्।

आँफैले निर्माण गरेको पार्टी भएकाले एमालेमा विद्या भण्डारीलाई कसैले पनि इन्ट्री दिन नपर्ने थापाको भनाइ छ। उनले विद्या भण्डारीको सदस्यताबारे क–कसले के–के भनेको छ भन्नेबारे आफूले केही पनि टिप्पणी नगर्ने स्पष्ट पारे।

विद्या भण्डारीको सदस्यताबारे पार्टीले गरेको निर्णय उल्टिने उनको दाबी छ। जनताको अधिकार, समानता, स्वतन्त्रता र न्यायको निम्ति स्थापना भएको एमालेभित्र राजनीति गर्न पाइँदैन भन्ने कुरा अशोभनीय भएको थापाको भनाई छ।

थापाले अहिलेको अवस्थामा कसैलाई अपमान गर्ने, तिरस्कार गर्ने, तेजोवोध गर्ने र लाञ्छना लगाउने प्रकारका काम एमालेको पङ्क्तिले गर्न नहुने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *