कोशी, बागमती र गण्डकीका पहाडमा भारी वर्षाको सम्भावना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

देशभर मनसुनको प्रभाव कायम रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। राति पनि देशभर सामान्य बदली रहनेछ भने केही प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *