पेट्रोलमा एक रुपैयाँ घट्यो, डिजेल र मट्टितेलमा दुई रुपैयाँ बढ्यो

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजे देखि लागू हुने गरि  पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाइएको छ। तर, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले बढाइएको छ।

त्यसैगरी, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ३ रुपैयाँले मूल्यवृद्धि गरिएको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१ अमेरिकी डलरले मूल्य बढेको छ।

एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *