थाइल्यान्डसँग युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई कम्बोडियाद्वारा स्वागत

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कम्बोडियाले थाइल्यान्डसँग युद्धविराम गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई स्वागत गरेको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेले आफ्ना विदेशमन्त्री अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग यस विषयमा कुराकानी गर्ने बताएका छन् । यता थाइल्यान्डले पनि युद्धविराममा विचार गर्नका लागि तयार रहेको बताएको छ । तर पहिला कुराकानी हुनुपर्ने उसको सर्त छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै दुवै देशका नेताहरुसँग कुरा गरेको र दुवै युद्धविरामका लागि सहमत भएको बताएका थिए । दुवै देशले ट्रम्पको यस प्रयासका लागि आभार व्यक्त गरेका छन् । यद्यपि ट्रम्पको पोष्टपछि पनि दुवै देशमा गोलाबारी रोकिएको छैन ।

कम्बोडिया र थाइल्यान्डबीच लामो समयदेखि चलिरहेको सीमा विवाद यस साता उत्कर्षमा पुगेको छ । तीन दिनको संघर्षमा ३० भन्दा बढीले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *