यतिबेला थाइल्यान्ड र कम्बोडियाको सीमामा द्वन्द्व चलिरहेको छ । लगातार दोस्रो दिन शुक्रबार समेत द्वन्द्व जारी रहँदा १६ जनाको मृत्यु भएको थाइल्यान्डले बताएको छ । सीमावर्ती क्षेत्रमा बस्ने एक लाखभन्दा धेरै मानिसहरू विस्थापित भइसकेको खबर आइरहेको छ ।
आम नागरिक बस्ने क्षेत्रमा लामो दूरीको अस्त्रको प्रयोगलाई थाइल्यान्डले कम्बोडियाको बर्बरता भनेको छ । थाइल्यान्डले प्रतिबन्धित गोला बारुद प्रयोग गरिरहेको आरोप कम्बोडियाले लगाएको छ ।
कम्बोडियामा पनि उत्तरी सीमाका २० हजार मानिस विस्थापित भएका छन् । सीमा चलिरहेको यो द्वन्द्व युद्धमा परिणत हुन सक्ने थाइल्यान्डका कार्यकारी प्रधानमन्त्री फुमथामले पत्रकारहरूलाई भनेका थिए ।
