अहिले देशभर मनसुन सक्रिय, आज केही क्षेत्रमा भारी वर्षाको सम्भावना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अहिले  देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानमा र पूर्वमा केही दक्षिणतर्फ रहँदा मधेस, बागमती लगायतका पहाडी भूभागमा सामान्य बदलीभै बर्षा भैरहेको छ।

आज दिउँसो र राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेकोहुदा  महाशाखाले सतर्क रहन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *