मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका  विनोद पराजुलीले  आज राति र भोलि काठमाडौँ उपत्यकामा वर्षासँगै  यहाँका  नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन् ।

उनका अनुसार विशेषगरी होचा स्थान,नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ ।देशभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेकाले मौसम तथा बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *