तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

इनफा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा) २०२६ अन्तर्गत उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा मनोनयन प्रमाणपत्र वितरण कार्यक्रम आज काठमाडौस्थित होटल याक एन्ड यतीमा सम्पन्न भएको छ।

नेपाली चलचित्र, नेपाली कलाकार तथा नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने, विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने तथा नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको ईन्फा अवार्डको तेस्रो संस्करण आगामी साउन ३० गते (१५ अगस्ट २०२६) मा सोही होटेलमा हुने भएको छ।

ईन्फा अन्तर्गत २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका सहभागी ४० भन्दा बढी नेपाली चलचित्रहरू मध्ये निर्णायक मण्डल (वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी तथा वरिष्ठ सम्पादक एवं गीतकार करुण थापाले गरेको निष्पक्ष मूल्याङ्गन तथा प्राप्त अंकका आधारमा २१ प्रतिस्पर्धात्मक विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो।

कार्यक्रममा चलचित्र क्षेत्रका अग्रज व्यक्तित्व, कलाकार, निर्माता, निर्देशक, लेखक, प्राविधिक सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, बेलायतमा रहेका इन्फा परिवारका पदाधिकारीहरूको स्वागत तथा शुभकामना भिडियो सन्देशसमेत प्रदर्शन गरिएको थियो ।

ईन्फा अवार्डको आयोजक समितिमा इन्फा इभेन्ट्स नेपालका सिइओ सुनिल श्रेष्ठ, इन्फा इभेन्ट्स यूकेका सिइओ उमेशराज मोक्तान, निर्देशकहरू टंक भट्टराई, आशिष राज पन्त, मनोज कुमार केसी, पाल्देन लामा, राज पाण्डे, शुष्मा पौडेल, तथा निर्देशक एवं अवाड कोअर्डिनेटर मनिष कार्की आवद्ध हुनुहुन्छ। मनोनयनमा पर्न सफल कलाकार, निर्माता, नर्देशक, लेखक तथा प्राविधिकहरूलाई मनोनयन प्रमाणपत्र प्रदान गरिएको गरियो।

ईन्फा अवार्डका पहिलो र दोस्रो संस्करण क्रमशः सन् २०२४ र २०२५ मा बेलायतको लण्डनमा सफलतापूर्वक सम्पन्न भएका थिए। तेस्रो संस्करण पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो।

पपुलर, पब्लिक च्वाईस अवार्ड, जुरी अवार्ड, प्रोत्साहन अवार्ड, पर्फमर अफ दि अवार्ड, कमेडी अफ दि एयर र लाई टाईम एचिभमेन्ट अवार्ड गरेर कूल ( ३२ विद्यामा अवार्ड दिईने छ । रु। एक लाख, एघार हजार एक सय एघार रुपैयाँ सहितको लाईफ टाईम एचिभमेन्टस् अवार्ड यस वर्ष वरिष्ठ हाँस्यव्यङ्य कलाकार मदन कृष्ण श्रेष्ठलाई दिईनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *