व्यावसायिक कृषि तथा कृषिले सुधारिएको जीवनशैलीलाई आधार बनाएर इलाममा भाेलि शनिबारदेखि ‘रेस्पोन्सिबल टुरिजम मिट’ आयोजना हुने भएको छ ।
केचना कञ्चनजंघा पर्यटन कोरिडोरको प्रवर्धनमा आयोजना गरिएको टुरिजम मिटमा केचनादेखि कञ्चनजंघा हिमालसम्मको पर्यटनसँग जोडिएका पर्यटनसम्बन्धी संघ संस्था तथा व्यक्तिहरुको सहभागिता रहने आयोजक केचना कञ्चजंघा पर्यटन कोरिडोरले जनाएकाे छ ।
भाेली देखि दुुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा पर्यटनसँग जोडिएका व्यक्तिसँगको बहस, विभिन्न भाषा तथा समुदायको साँस्कृति कार्यक्रम, क्रस बोर्डर टुरिजम, इलामका पर्यटनसँग जोडिएका रेडपाण्डा, स्थानीय उद्यमीहरुको उत्पादन, भारतीय कलाकारको प्रस्तुुति रहने जनाइएको छ ।
कार्यक्रमको अवसरमा पर्यटकहरुले पर्यटकीय स्थलसम्म जान धेरै मन पराएको गाडी ‘ल्याण्डरोबर’ र्यालीको समेत तयारी गरिएको पूूर्वेली जिप तथा ट्याक्सी संघ इलामले जनाएकाे छ ।
