धादिङमा भ्यान दुर्घटना, चालकसहित सात जना घाइते

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरेर फर्किदै गरेको एक भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीबेंसीमा दुर्घटनामा परेको छ ।

बागमती प्रदेश बि ए एफ ०२२३ नम्बरको मारुती इको भ्यान अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको प्रत्यक्षदर्शी सुमन दुवाडीले जानकारी दिए । दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि धादिङबेसी तथा सल्यानटारतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार भ्यानमा सवार यात्रुहरू भक्तपुरबाट नृसिंहधाम दर्शनका लागि आएका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *