मिडियाको आवरणमा उच्छृंखल गतिविधि बढ्यो : काउन्सिल

प्रेस काउन्सिल नेपालले मिडियाको आवरणमा उच्छृंखल गतिविधि बढेको भन्दै चिन्ता जनाएको छ। काउन्सिलले आफ्नो स्वअनुगमनबाट सञ्चार क्षेत्रमा गम्भीर प्रवृत्ति देखिएको बताउँदै मर्यादित पत्रकारिता गर्न अपिल गरेको हो। सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा अनलाइन न्यूज पोर्टल दर्ता गरेर सामग्री नहाल्ने, तर भ्युअर र ‘मोनिटाइजेसन’ बढाउन युट्युब, फेसबुक पेज तथा रिलमार्फत अपुष्ट सामग्री […]

Continue Reading

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । त्यसैगरी ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ । ती दुई विधेयक प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सभामा प्रस्तुत गरेकी […]

Continue Reading

रुसले बनायो नयाँ इबोला खोप

अफ्रिकामा इबोला सङ्क्रमणको जोखिम बढिरहेका बेला रुसले इबोलाको नयाँ स्ट्रेनविरुद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दाबी गरेको छ । दक्षिण अफ्रिकास्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल प्रकोपसँग जोडिएको दुर्लभ ‘बुन्डिबुग्यो’ स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ । दूतावासले रुसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको […]

Continue Reading

मनाइँदै बकर इद (इदुल जोहा)

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहीबार देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । […]

Continue Reading

सगरमाथामा बढ्दो मानव चापप्रति चिन्ता

पर्वतारोहणमा सक्रिय आरोहीहरू ले सगरमाथामा बढ्दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गरेका छन्  । हिमपहिरो, बढ्दो हिउँ पग्लिने क्रम, खुम्बु क्षेत्रमा बढ्दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ्दो होडबाजीले हिमालमा थुप्रिँदै गएको मानव फोहोरका कारण मात्रै पर्वतारोहणमा चिन्ता थपिएको छैन, शेर्पा पथप्रदर्शकले जोखिम मोल्दै […]

Continue Reading

अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमानः आर्थिक सर्वेक्षण

चालु आर्थिक वर्ष २०८२/८३ मा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हिजाे बुधबार सङ्घीय संसद्का दुवै सदनमा पेस गरेको चालु आवको आर्थिक सर्वेक्षणमा अर्थतन्त्रको आकार अर्थात् कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब नौ अर्ब पुग्ने अनुमान गरिएको हो । सर्वेक्षणले चालु आवमा आर्थिक वृद्धिदर ३.८२ प्रतिशत रहने […]

Continue Reading

डिडिसीमा सिआइबीको छापा, कर्मचारीहरूका मोबाइल जफत

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हिजाे बुधबार नेपाल दूग्ध विकास संस्थान (डिडिसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा मारेकाे  छ। सिआइबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत गरेको छ भने दुध खरिद-बिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ। त्यस्तै, पछिल्ला तीन वर्षको निर्णय पनि सिआइबीले मागेको छ। ‘सिआइबीबाट ८–९ जनाको टोली आएर दुध खरिद-बिक्रीका विवरण, मौज्दात र किसानलाई भुक्तानी […]

Continue Reading

आगामी आर्थिक वर्षको बजेट भोलि शुक्रवार संसदमा प्रस्तुत हुने

आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ ।प्रतिनिधि सभाको हिजाेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले जेठ १५ गते ४ बजे बस्ने संयुक्त बैठकका लागि ३:४५ बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई उपस्थित भइसक्न सूचित गरेका छन् । नेपालको संविधान २०७२ जारी […]

Continue Reading

इरानमा १० भारतीय जहाजचालक रिहा

जुलाई २०२५ मा इरानमा पक्राउ परेका दस जना भारतीय जहाज चालक दलका सदस्यलाई लामो कूटनीतिक प्रयासपछि रिहा गरिएको  भारतले जनाएको छ । भारतको समुद्री यातायात महानिर्देशालयका अनुसार एमभी हार्बर फिनिक्स जहाजका चालक दलका ती सदस्यहरू जुलाई २०२५ मा जास्क बन्दरगाहनजिकैबाट पक्राउ परेका थिए । उनीहरुलाई  त्यसपछि हिरासतमा राखिएको थियो । महानिर्देशालयले जारी गरेको विज्ञप्तिमा ती जहाजचालकहरु अहिले रिहा […]

Continue Reading

एसियाली छनोटमा नेपालको विजयी सुरुवात : चीनमाथि १९ रनको जित

एसियाली खेलकुद छनोट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई १९ रनले हराएको छ ।  मलेसियामा जारी प्रतियोगितामा नेपालले चीनविरुद्ध पहिलो जित निकालेको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२५ रन बनाएको थियो । १२६ रनको लक्ष्य पछ्याएको चीन पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा […]

Continue Reading