ट्रम्पको गाजा द्वन्द्व अन्त्य गर्ने योजनाको मोदीद्वारा स्वागत

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

प्रधानमन्त्री नरेन्द्र मोदीले  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द्व अन्त्य गर्ने विस्तृत योजनावद्ध घोषणाको स्वागत गरेका छन् ।  प्रधानमन्त्री मोदीले यो योजनाले दीर्घकालीन र दिगो शान्तिका लागि व्यावहारिक मार्ग प्रदान गरेको बताए ।

सामाजिक सञ्जमाल एक्समा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द्व अन्त्य गर्ने विस्तृत योजनाको घोषणालाई स्वागत गरेका हुन ।   यसले प्यालेस्टिनी र इजरायली जनताका साथै बृहत्तर पश्चिम एसियाली क्षेत्रका लागि दीर्घकालीन र दिगो शान्ति, सुरक्षा र विकासका लागि व्यावहारिक मार्ग प्रदान गर्ने उनले जनाएका छन्।

योजनालाई फ्रान्स र इटाली लगायत धेरै पश्चिमी राष्ट्रहरू, साथै अरब र मुस्लिम देशहरू जस्तै कतार, साउदी अरेबिया, इजिप्ट र पाकिस्तानले पनि स्वागत गरेका छन्।

यदि दुवै पक्षले योजना स्वीकार गरे भने, युद्ध तुरुन्तै अन्त्य हुने गाजामा रहेका सबै बन्दीहरू फिर्ता हुने, प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिने र गाजा पट्टी प्यालेस्टिनी सरकारद्वारा शासित हुने तथा हमासको कुनै भूमिका नरहने इजरायलले गाजाको स्वतन्त्रता स्वीकार गर्न बाध्य हुने छ।

बन्दीहरुको सम्कन्धमा अमेरिकी राष्ट्रपतिको दूत एडम बोहलरले हमासका नेता खालिद मेशाललाई ट्रम्पले अघि सारेको २०-सूत्री योजना स्वीकार गर्न आग्रह गरेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *