नेतान्याहुको संयुक्त राष्ट्र सम्बोधनः अन्तर्राष्ट्रिय दबाब अस्वीकार, हमास विरुद्ध युद्ध जारी राख्ने घोषणा

राष्ट्र महासभामा आलोचक र प्रदर्शनकारीले घेरिनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासविरुद्धको युद्ध अन्त्य गर्ने कुनै योजना नभएको स्पष्ट गर्दै आफ्नो देशले ‘काम समाप्त गर्नुपर्छ’ भनेर अवज्ञापूर्ण भाषण गर्नु भएको छ । बढ्दो अन्तर्राष्ट्रिय अलगाव र आलोचनाबिच उनले भने , “पश्चिमी नेताहरू दबाबमा झुकेका हुन सक्छन्, तर इजरायल कहिल्यै झुक्दैन ।” उहाँको सम्बोधन सुरु हुनुअघि […]

Continue Reading

चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

 प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । “भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्तिसुरक्षा अमन चयन कायम गर्न अन्य सुरक्षा […]

Continue Reading

पूर्व पदाधिकारीका कानुन विपरीत सुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई अर्थको ताकेता

पूर्वपदाधिकारीका कानुन विपरीत सेवा सुविधा कटौती गर्न अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ‘अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न मन्त्रिपरिषद्ले असोज ५ गते गरेको निर्णय कार्यान्वयन गर्न दुवै मन्त्रालयलाई पत्राचार गरेको हो। जसअनुसार सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानुनमा […]

Continue Reading

१२ जेन–जी समूहद्वारा प्रधानमन्त्रीसमक्ष ७ बुँदे सम्झौता प्रस्ताव पेस

३९ जिल्लाका १२ जेन–जी समूहहरूद्वारा ७ बुँदे मागपत्र तयार पार्दै सरकारसँग जेन–जी आन्दोलन जनादेश सम्बन्धी सम्झौता प्रस्ताव गरेका छन्। जेन–जी समूहले प्रस्तावित सम्झौताको दस्ताबेज असोज ६ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको जनाएको छ। प्रस्ताव पेस गर्ने जेन–जी समूहहरूमा इन्डिजेनस जेन–जी कलेक्टिभ, जेन–जी मुभमेन्ट अलायन्स, जेन–जी पर्सा, मुस्लिम जेन–जी नेपाल, हाउ टु देशको विकास, […]

Continue Reading

दुई महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु

ताप्लेजुङमा शुक्रबारदेखि हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब दुई महिनापछि शुक्रबारबाट उडान सुरु भएको हो । वर्षायामको समय सुरु भएसँगै गत साउन ५ गतेदेखि उडान हुन सकेको थिएन । सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलिप राजवंशीका अनुसार बारम्बार लागिरहने हुस्सु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा दुई महिनासम्म उडान अवरुद्ध भएको […]

Continue Reading

झुला टुट्दा यात्रु अड्किए, सेनाद्वारा उद्धार

जनकपुरधामस्थित राजदेवी मन्दिरमा राखिएको राेटेपिङ  टुटेपछि यात्रुहरू अड्किएमा उद्दार गरिएकाे  छ। विजया दशमीको अवसरमा मन्दिर परिसरमा मनोरञ्जनका लागि राखिएको राेटेपिङ शुक्रबार राति करिब साढे ८ बजे तिर अचानक बिग्रँदा झुलामा सवार यात्रुहरू राेटेपिङमाथि नै फसेका थिए। घटनापछि उद्धारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको थियो। सेनाले तत्काल घटनास्थल पुगेर यात्रुहरूलाई सुरक्षित रूपमा तल झारेर उद्धार […]

Continue Reading

जोगवनीको तनाव मत्थर भएपछि खुल्यो नाका

भारतको जोगवनी बजारमा शुक्रबार बिहान देखिएको साम्प्रदायिक तनाव मत्थर भएपछि नेपाल–भारत सीमा नाका सुचारु भएको छ। हिन्दू र मुस्लिम समुदायबीच झडप भएर जोगवनीको अवस्था तनावग्रस्त बनेपछि दिउँसो १२ बजेबाट करिब ३ घण्टा नाका बन्द गरिएको थियो। शुक्रबार बिहान करिब ११ बजेतिर हिन्दू र मुस्लिम समुदायबीच विवाद बढ्दै गएर झडप भएको थियो। त्यसपछि विराटनगरको रानी नाकाबाट […]

Continue Reading

जेन-जी आक्रोश अब ‘झोले’ माथि: सामाजिक सञ्जालमा ‘डिजिटल पहिचान खोज’ अभियान

‘नेपो बेबी’ ट्रेन्डको जगमा उठेको जेन-जी आन्दोलनले राजनीतिको केन्द्र हल्लाएको केही हप्ता नबित्दै युवाहरूको आक्रोशको निशाना अब दलका कार्यकर्ता तिर सोझिएको छ।फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा ‘#exposejholey’ (झोलेलाई उदाङ्गो पारौं) ह्यासट्यागसहितको एक नयाँ ट्रेन्ड फैलिएको छ। यस अभियान केवल नेताहरूप्रतिको व्यङ्ग्यमा मात्र सीमित छैन, नेताहरूको वरिपरि रहने, उनीहरूको हरेक कदमको अन्धो समर्थन गर्ने र पार्टीको […]

Continue Reading

खारेज भयो सुकुमबासी आयोग

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको सुकुमबासी आयोग (भूमि समस्या समाधान आयोग) विघटन भएको छ। आयोग विघटन भएसँगै अयोगमा नियुक्ति पाएका नेपाली कांग्रेस, नेकपा (एमाले) का ३ सय १६ जना कार्यकर्ता बेरोजगार हुने भएका छन्। नयाँ सरकारले सुकुमबासी आयोग विघटन गर्ने र नयाँ आयोग गठन गर्ने परम्परा जस्तै भइसकेको छ। पुरानो आयोग विघटन […]

Continue Reading

दसैँमा यात्रा गर्न बाटो सहजनै छ : सडक विभाग

 विभागले दसैँमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ । मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको छ । पृथ्वी, अरनिकोलगायत मुख्य राजमार्ग पहिरोका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको थियो । यसअघि पहिरोका कारण मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा  यात्रुहरू ४० घण्टाभन्दा बढी समय […]

Continue Reading