आजकाे बिदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैङ्कले  आज का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७३  पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ […]

Continue Reading

नैतिकता गुमाएका रामहरिलाई सुनुवाइको जिम्मा

निजामती सेवा विधेयकमा भएको ‘कुलिङ अफ पिरियड’ प्रावधान फेरबदलमा सभापतिका हैसियतमा जिम्मेवारी लिनुपर्ने भएपछि राजीनामा दिएको तीन साता नपुग्दै सांसद रामहरि खतिवडाले संसदिय सुनुवाई विशेष समितिको नेतृत्व पाएका छन् । ‘कुलिङ अफ पिरियड’मा भएको फेरबदलमा तत्कालीन राज्यव्यवस्था तथा सुशासन समिति सभापतिको हैसियतमा नैतिक जिम्मेवारी लिनुपर्ने छानबिन समितिको निष्कर्षलगत्तै खतिवडाले गत २७ साउनमा सभापतिबाट राजीनामा दिएका […]

Continue Reading

आजबाट एमाले विधान महाधिवेशन

नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै छ । ललितपुर गोदावरीमा हुने विधान महाधिवेशन बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । महाधिवेशनस्थल गोदावरी पार्टीको हसिया हथौडा र चुनाव चिह्न सूर्यअंकित झन्डाले  सिँगारिएको छ । महाविधेशन उद्घाटनअघि बिहीबार बसेको एमाले सचिवालय बैठकले विधानबाहेकका ६ वटा प्रतिवेदन पारित गर्दै महाविधेवशनमा पेस […]

Continue Reading

अनौठो घटना: एक बिरामीको दाहिने आँखामा दाँत पलायाे

हालै भारतको बिहार राज्यको पटनास्थित इन्दिरा गान्धी इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (IGIMS) मा एउटा अनौठो घटना बाहिर आएको छ। अस्पताल आएका एक बिरामीको दाहिने आँखामा दाँत उम्रिएको थियो। बिरामीको शल्यक्रिया गर्ने डाक्टरले यसलाई चिकित्सा विज्ञानको दुर्लभ घटनाहरूमध्ये एक भएको बताएका छन्। बिरामीको आँखाबाट दाँत निकाल्न गत अगस्ट ११ मा शल्यक्रिया गरिएको थियो र उनी अहिले स्वस्थ […]

Continue Reading

स्कूलको दिवा खाजामा छेपारो परेपछि!

महोत्तरीको पिपरा गाउँपालिका-६ स्थित आदर्श माध्यमिक विद्यालय रतौलीका दर्जनौं विद्यार्थी अस्पताल भर्ना भएका छन् ।बिहीबार  विद्यालयमा दिवा खाजा खुवाउने क्रममा विद्यार्थीलाई दिइएको सुजीको हलुवामा मरेको छेपोरो भेटिएको थियो । मरेको छेपारोको विभिन्न शरीरका अंग अलग अलग विद्यार्थीका खाजामा फेला परेपछि विद्यार्थीले खाजा बनाएर दिने विद्यालयका महिला कर्मचारीलाई बताएपछि उल्टै हप्काएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीले […]

Continue Reading

फरार राप्रपा सांसद बस्नेत धरौटीमा रिहा

नवलपुरको छिपछिपे र चितवनको सनराईज सहकारीको रकम अपचलनमा मुछिएकी संघीय सांसद गीता बस्नेत धरौटीमा रिहा भएकी छन् ।  नवलपुरमा १५ लाख र चितवनमा २५ लाख धरौटी बुझाएर सांसद बस्नेत रिहा भएकी हुन् । उनी नवलपुरमा बुधबार र चितवनमा बिहीबार धरौटी बुझाएर रिहा भएकी हुन् । सहकारी ठगी मुद्दामा मुछिएर फरार रहेकी सांसद बस्नेत भारतको लखनउस्थित […]

Continue Reading

फेसबुकमै फेसबुक बन्द भएकाे सूचनाःनेपाल टेलीकम

सरकारी स्वामित्वकाे नेपाल टेलिकमले सामाजिक सञ्जाल फेसबुकमै सूचना प्रकाशित गर्दै दर्ता नगरेका सामाजिक सञ्जाल प्लेटफर्महरू नेपालमा धमाधम बन्द गर्न थालिएको जनाएको छ। सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सञ्चार मन्त्रालयको निर्देशनअनुसार सूचीकरण नगरी सञ्चालन भइरहेका प्लेटफर्महरू चरणबद्ध रूपमा बन्द गरिएको टेलिकमले जनाएको छ। उक्त प्लेटफर्महरू पुनः सञ्चालनसम्बन्धी जानकारी आगामी दिनमा निर्देशन प्राप्त भएलगत्तै सार्वजनिक गर्ने […]

Continue Reading

इन्द्रजात्रा विधिवत् सुरु

इन्द्रजात्रा (येँया) बिहीबारबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान १०ः३१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ । आठ दिनसम्म चल्ने जात्राको पहिलो दिन पुलुकिसी, लाखे, सवःभकु पनि निकालिन्छ । विशेषतः आजको दिनलाई ‘उपाकु’ भनिन्छ । आजको साँझ नेवार समुदायबाट मृतकको सम्झनामा बत्ती (पाल्चाः) दिँदै नगर परिक्रमा गर्ने […]

Continue Reading

दर्ताका लागि मेटाबाट औपचारिक जानकारी आएको छैन : सञ्चार मन्त्रालय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुकको सञ्चालक संस्था मेटा दर्ताका लागि औपचारिक प्रक्रियामा नआएको बताएको छ।सञ्चार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले हालसम्म मेटा कम्पनी दर्ता प्रक्रियाका लागि औपचारिक रुपमा सम्पर्कमा नआएको जानकारी दिए । उनले भने , “औपचारिकरुपमा सरकारको इमेलमा आएको भए वा त्यहाँ माग गरेको भए एउटा कुरा हुन्थ्यो। उहाँहरुलाई आवश्यक डकुमेन्ट के […]

Continue Reading

आउन थाल्यो मल

बालीको सिजन सकिन थालेपछि बजारमा रासायनिक मल भित्रिन थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को कोटामध्येको रासायनिक मल भित्रिन थालेको हो । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे्डिङ कर्पोरेसनले रासायनिक मल ल्याउन थालेका हुन् । कर्पोरेसनले ११ हजार तीन सय मेट्रिक टन डिएपी र कम्पनीले तीन हजार मेट्रिक टनमध्ये दुई हजार पाँच सय मेट्रिक […]

Continue Reading