खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँमा खसी, बोका तथा च्याङ्ग्रा नल्याउने बताएको छ। खाद्य कम्पनी लिमिटेडका अनुसार ‘जेनजी’ आन्दोलनको प्रभाव तथा बाटो असुरक्षाका कारण यस वर्ष दसैँमा खसीबोका तथा च्याङ्ग्रा नल्याउने निर्णय भएको हाे ।
भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन र त्यसपश्चात् निरन्तर भएको निषेधाज्ञा र कर्फ्युको विशेष प्रभाव परेकोले यस्तो निर्णय भएको हो। हरेक वर्ष कम्पनीले बजार सन्तुलनका लागि खसी, बोका र च्याङ्ग्रा खरिदबिक्री गर्दै आएको थियाे ।
