तीनजना मन्त्री सिफारिस

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका लागि तीन मन्त्रीको नाम सिफारिस गरेकि छन् । जेनजी अभियान र सरोकारवालासँगको परामर्शपछि उनले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा जलस्रोत एवं सिँचाइ तथा सहरी विकासमा कुलमान घिसिङ र गृहमा अधिवक्ता ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गरिएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ ।

प्रधानमन्त्री कार्कीले मन्त्रीपरिषद् विस्तारका सन्दर्भमा जेनजी अभियन्तासहित सरोकारवालासँग संवादजारी राखेकि छन् । उनले आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेपछि मन्त्रीपरिषद् गठनका सन्दर्भमा संवाद अघिबढाएकि हुन्।

मन्त्री छनोटमा असहमति राख्दै सुदन समूहले माग्यो प्रधानमन्त्रीको राजीनामा

मनलाग्दी मन्त्रिमण्डल गठन गरेको भन्दै सुदन गुरुङको समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै आइतबार राती  बालुवाटार अगाडि नाराबाजी गरेको छ।

गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाममा असहमति जनाउँदै उनीहरूले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन्। ‘सहजकर्ता बनेर आएको मानिस किन गृहमन्त्री भन्दै,’ उनीहरू आक्रोशित भएका थिए। आन्दोलन अपहरणमा परेको भन्दै उनीहरूले त्यस्तो नगर्न चेतावनी समेत दिए।

‘हामीले नै प्रधानमन्त्री बनाएर यहाँ ल्याएका हौ,’ सुदनले प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी दिँदै भने, ‘यस्तै हो भने हटाउन सक्ने क्षमता पनि राख्छौ।’

सर्वाेच्च अदालतमा गाइ काटन पाउनु पर्छ भनी निवेदन हालेका अर्याल एक बिवादास्पद व्यत्ती हुन् । गाइ हिन्दुहरू काे राष्टिय जनावर हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *