ट्रम्पको हातमा देखिएको नीलडाम के हो ?

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अहिले सामाजिक सञ्जालमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दाहिने हातको पछाडि नीलडाम देखिएको तस्बिर भाइरल छ।   दक्षिण कोरियाका राष्ट्रपति सँगको भेटपछि ट्रम्पको हातमा देखिएको नीलडामका तस्बिर सामाजिक सञ्जालमा धेरै पटक हेरिएको छ। यसका कारण ट्रम्पको स्वास्थ्यबारे विभिन्न अडकल फैलिएका छन्।  कसैले ट्रम्पलाई इन्ट्राभेनस ड्रिप (आईभी) दिइएको भनेका छन् भने कसैले स्ट्रोक (पक्षघात) भएको दाबी गरेका छन्।

के भएको हो ?

बीबीसीले ह्वाइट हाउसको आधिकारिक वक्तव्य, ट्रम्पको हातका तस्बिर, भाइरल दाबी संकलन गरी रक्तसञ्चार प्रणालीका विशेषज्ञको सुझाव लिएको छ। राष्ट्रपति ट्रम्पका चिकित्सक सीन बार्बाबेलाले जुलाई महिनामा विज्ञप्ति जारी गर्दै ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसेन्सी भन्ने अवस्था भएको बताएका थिए।

यो अवस्था खुट्टाको नशाले रगतलाई मुटुतर्फ फर्काउन नसकेपछि देखा पर्छ। यसले गर्दा रगत खुट्टामा थुप्रिन्छ र सुन्निन्छ। यो उमेरसँगै नशाको भल्भ कमजोर हुँदा देखिने सामान्य र गम्भीर नभएको समस्या हो।

विज्ञप्तिमा बार्बाबेलाले ट्रम्पको हातमा देखिएको नीलडामबारे भने,ʻयो नीलडाम सानोतिनो नरम तन्तुमा भएको जलनको कारण देखिन्छ। जुन हात मिलाउने क्रमको दोहोरिने क्रियाकलाप र कार्डियोभास्कुलर रोगको रोकथामका लागि लिइने एस्प्रिनको प्रयोगबाट हुन सक्छ।ʼविशेषज्ञले यो नीलडाम एस्प्रिनको प्रयोग र सानो चोटपटकका कारण भएको हुनसक्ने बताएका छन्।

भास्कुलर सर्जन परितोष शर्माले सानो चोटपटक हात मिलाउँदा हुनसक्ने बताएपनि अन्य विज्ञले यस कारणलाई कम सम्भावनायुक्त मानेका छन्। केही विशेषज्ञले आईभी ड्रिपको कारणले पनि यस्तो नीलडाम देखिन सक्ने बताए। ब्रिटिश भेन इन्स्टिच्युटका मेडिकलका डाइरेक्टर फिलिप कोलेरिज–स्मिथले आईभी सामान्यतया हातको माथिल्लो भागमा दिइने भएकाले त्यसले यस्तो नीलडाम हुन नसक्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *