संकटमा मुख्यमन्त्री, बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीद्वारा राजीनामा

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

बागमती प्रदेश सरकारका चार जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले शुक्रबार मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ समक्ष राजीनामा दिउका हुन्।

चारै जनाले आफूहरुले मन्त्री पदबाट राजीनामा दिएको पुष्टि गरेका छन । मन्त्रीहरुले छुट्टाछुट्टै राजीनामा दिदै  रामेछापको कार्यक्रममा सहभागी हुन गएका मन्त्री लामिछानेले कार्यक्रमबाट फर्किएर आएर मुख्यमन्त्री लामालाई भेटेरनै काठमाडौँमा राजीनामा बुझाएको बताए । यसअघि लामिछानेले आफूले राजीनामाका बारेमा मुख्यमन्त्री लामासँग भेट गरेपछि मात्र टुङ्गो लाग्ने बताएका थिए ।

मन्त्री लामिछानेले भने  मुख्मयन्त्रीलाई पहिलो दिनदेखिनै सहयोग गरेको तर सरकारमा बसेर काम गर्नै नसक्ने अवस्था आएपछि राजीनामा दिएको बताए । मन्त्रीहरु ठकुरी, श्रेष्ठ र महर्जनको राजीनामा अनलाइनमा आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

विविध कारणले निरन्तर आफ्नो जिम्मेवारी वहन गर्न सक्ने अवस्था नरहेको भन्दै आजैको मितिबाट लागू हुने गरी राजीनामा दिएको मन्त्रीहरुले मुख्यमन्त्रीसमक्ष दिएको राजीनामा पत्रमा उल्लेख छ। एक वर्षअघि कांग्रेसका लामाको नेतृत्वमा नेकपा एमालेसहितका गठबन्धनको सरकार बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *