काभ्रेमा बस दुर्घटना, २३ यात्रु घाइते

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका –८ पौवामा यात्रुवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा २३ यात्रु घाइते भएका छन् । रामेछापको डोरखानीबाट काठमाडौंतर्फ आउँदैगरेकोे बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

ब्रेक फेल भई बस सडकको भित्तामा ठोक्किँदा बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयका अनुसार  दुर्घटनामा घाइते भएका यात्रुको नाम थर, वतन खुल्न बाँकी रहेको र उनिहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।  दुर्घटना भएको बस घटनास्थलमा रहेको र बसचालक प्रहरी चौकी दोलालघाटको नियन्त्रणमा रहेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *