एमाले सचिवालय निर्णयःबिध्या भण्डारी राेक्न ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेकपा एमालेले यसअघि विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने भएको छ । बिहीबार बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने गरी छलफल भएको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।

उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको सचिव योगेश भट्टराईले जानकारी दिए । विधान संशोधन प्रस्तावमाथि पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल हुनेछ । त्यसपछि भदौमा बस्ने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित भएपछि ११ औ महाधिवेशनबाट कार्यान्वयनमा आउनेछ ।

करिब १० घण्टा बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि सबै सदस्यले धारणा राखेपछि अध्यक्ष ओलीले प्रस्तावित विधानमा आफ्नो राय राखेका थिए । यसैबिच शुक्रबार ११ बजे बस्ने भनिएको पोलिटब्युरो बैठक  दिउँसो १ बजे बस्ने तय भएको छ ।

बैठकमा भएको छलफल अनुसार यसअघि रहेको वरिष्ठ उपाध्यक्ष पद पनि हटाउने प्रस्तावमा सहमति भएको बताइएको छ  । त्यस्तै  पूर्व राष्ट्रपति विद्या भण्डारीबारे शीर्ष तहमा छलफल गरेर उचित निर्णय र व्यवस्था गर्ने नेताहरूबिच छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *