आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पूर्वमन्त्री एवं कांग्रेस नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगन्ज इजलासको फैसलाविरुद्ध सरकार सर्वोच्च पुगेको छ।

उच्चले जिल्ला अदालत रौतहटले दिएको जन्मकैदको फैसला उल्ट्याएपछि महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो। पुनरावेदनमा महान्यायाधिवक्ता कार्यालयले उच्चको फैसला त्रुटिपूर्ण रहेको भन्दै विभिन्न आधारहरू प्रस्तुत गरेको छ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले गत १४ जेठमा आलमसहित महताब आलम, शेष सेराज र बद्री सहनीलाई सफाइ दिने फैसला गरेको थियो ।

उच्चको फैसलापछि घटनाका मृतक पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंहले न्यायाधीश थारू र महर्जनविरुद्ध न्यायपरिषदमा उजुरी दिइसकेका छन्। परिषद्ले घटनाको अनुसन्धान गर्दै छ भने न्यायाधीश थारू र महर्जनलाई जिम्मेवारीबाट अलग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *