पाँचवटा प्रदेशमा भारि वर्षाकाे सम्भावना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मौसम पूर्वानुमान महाशाखाले अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएकाेछ साथै महाशाखाले आज दिउँसो देशभर पानी पर्ने सम्भावना रहेकाे पनि बताएकाेछ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ।

आज राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षासँगै भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *