हाल देशभर मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर सामान्य बदली रहनेछ भने अधिकांश प्रदेशमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना छ। वर्षाका कारण बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
