तेस्रो सुपरओभरमा नेपाल पराजित

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेल तेस्रो सुपरओभरमा पुगेर टुंगिएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक खेल तेस्रो सुभर ओभरमा पुगेको हो । तेस्रो सुपरओभरमा नेपाल पराजित बनेको छ ।

२० ओभरमा नियमित खेल बराबरी भएर पनि त्यसपछिका दुई सुपर ओभर पनि बराबरी भएको थियो । नियमित खेलमा दुवैले १५२ रन बनाएका थिए। पहिलो सुपर ओभरमा १९ तथा दोस्रोमा दुवै टिमले १७ रन बनाएका थिए।

तेस्रो सुपरओभरमा नेपालले एक रन पनि नबनाई दुई विकेट गुमाएपछि नेदरल्याड्सले १ रनको लक्ष्य पाएको थियो । पहिलो बलमै छक्का हानेर नेदरल्याड्सले खेल जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *