प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

सङ्घीय संसद् सचिवालयका अनुसार अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिने छन्।

यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशाधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ। यस अघि हिजाे बसेकाे वैठकमा राप्रपा र रास्वपाले बैठकमा अबराेध गर्न खाेजेतापनि सभामुखले जर्वरजस्ती  बैठक चलाएका थिए त्यसपछि राप्रपाले बैठक बहिष्कार गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *