राणा छुटेपछि राप्रपाले भन्यो: राज्यको वक्रदृष्टि कायमै छ

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महामन्त्री डा. धवलशमशरे राणा छुटेपछि खुसी व्यक्त गरेको छ। तर, राज्यको वक्रदृष्टि भने कायमै रहेको  बताएको छ। राणा आज छुटेका हुन्।

यसपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भनेका छन्, ‘राजसंस्था, हिन्दूराष्ट्र पक्षधर देशभक्त राष्ट्रवादीहरूप्रति राज्यको वक्रदृष्टि कायमै छ, न्यायालयप्रति हाम्रो सम्मान छ। बधाई डा.साब।’

अगाडि उनले लेखेका छन्, ‘राप्रपा महामन्त्री, सांसद डा. धवल शमशेर राणालाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद खनालको इजलासले महामन्त्री डा.राणालाई धरौटीमा छाड्न आदेश दिएको हो।’

राणा गत २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शित प्रदर्शनका क्रममा पक्राउ परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *