दक्षिण अफ्रिका पहिलो पटक विश्व टेस्ट च्याम्पियन

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

दक्षिण अफ्रिकाले डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ।

लन्डनको लर्ड्स मैदानमा भएको फाइनलको चौथो दिन शनिबार दक्षिण अफ्रिकाले २८२ रनको लक्ष्य ५ विकेट गुमाएर पूरा गर्‍यो। यो जित दक्षिण अफ्रिकाका लागि २७ वर्षपछिको पहिलो आइसीसी उपाधि हो। यसअघि टोलीले सन् १९९८ मा च्याम्पियन्स ट्रफी जितेको थियो।

दक्षिण अफ्रिकाको ऐतिहासिक जितमा एडेन मार्करमले १३६ रनको उत्कृष्ट शतकीय पारी खेले भने कप्तान टेम्बा बाभुमाले ६६ रनको महत्वपूर्ण योगदान दिए।

काइल भेरिनले ८४ औं ओभरमा मिचेल स्टार्कको बलमा विजयी रन जोड्दै टोलीलाई उपाधि दिलाए। डेभिड बेडिङ्घम (२१ रन) र भेरिन (४ रन) अविजित रहे। उत्कृष्ट प्रदर्शन गरेका मार्करम ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यसअघि अस्ट्रेलियाले आफ्नो दोस्रो पारीमा २१८ रन बनाउँदै दक्षिण अफ्रिकालाई २८२ रनको लक्ष्य दिएको थियो। पहिलो पारीमा अस्ट्रेलियाले २१२ र दक्षिण अफ्रिकाले १३८ रन बनाएका थिए। जसबाट अस्ट्रेलियाले ७४ रनको महत्वपूर्ण अग्रता लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *