नेदल्यान्ड्सविरुद्ध नेपाललाई तेस्रो सफलता, सन्दीपले दिलाए विकेट

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

आइसिसी विश्वकप क्रिकेट लिग–२अन्तर्गत स्कटल्यान्डमा जारी नेदरल्यान्डससँगको खेलमा नेपाललाई तेस्रो सफलता हात लागेको छ। २२ औँ ओभरको चौथो बलमा सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन्।

तेस्रो विकेटका लागि कप्तान स्कट एडवार्डससँग ७२ रनको साझेदारी गरेका विक्रमजीत सिंहको विकेट सन्दीपले लिएका हुन्। ५६ बलमा ३८ रन जोडेका सिंहलाई सन्दीपले स्लिपमा आरिफ शेखबाट क्याच गराउँदै पेभेलियन फर्काए। अहिले नेदरल्यान्डसको स्कोर ८९ रन पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *