प्रधानमन्त्री ओलीलाई दाहालको सुझाव : मेन्टल हस्पिटल गएर जँचाउनुस्

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पताल (मेन्टल हस्पिटल) गएर स्वास्थ्य जाँच गराउन सुझाव दिएका छन् । युवा संघको महाधिवेशनलाई  पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी र दाहालको अभियान राजावादीसँग मिल्ने भएको टिप्पणी गरेका थिए।

त्यसको प्रतिक्रिया दिँदै दाहालले प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन्। प्रेस सेन्टर गण्डकी प्रदेशले पोखरामा गरेको पत्रकार भेटघाटमा बोल्दै दाहालले भने, ‘म सुन्दैछु, राजासँग मिल्ने अभियान हो प्रचण्डको भनेर प्रधानमन्त्रीले बोले रे । यदि त्यसो भनेको हो भने म प्रधानमन्त्रीजीलाई एकपटक मेन्टल हस्पिटल गएर जँचाउन सल्लाह दिन चाहन्छु ।’

दाहालले राजावादीको गतिविधि जति बढे पनि सरकार मूकदर्शक बनेको आरोप लगाए । यसले यथास्थितिवादी र प्रतिगमनवादीका बीचमा कहीँ न कहीँ साँठगाँठ भएको हो कि भन्ने आशंकासमेत बढेको उनले टिप्पणी गरे । राजावादीले गरेका हर्कतहरूको भण्डाफोर गर्ने, विरोध गर्ने, त्यसविरुद्ध जनमत तयार गर्ने काममा सरकार बिलकुल गैरजिम्मेवार देखिएको उनले बताए।

‘सरकार मूकदर्शक बनेपछि बाध्य भएर हामीले राजावादीको प्रतिगमन र वितण्डाविरुद्ध काठमाडौंमा चैत १५ गते एकलाख भन्दा बढी जनता उतारेर प्रतिवाद गर्‍यौँ,’ उनले भने ‘माओवादीको प्रतिवादले भ्रष्टाचारी सरकारलाई राहत मिलेको छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *